पत्रकार महासंघ पर्साको अध्यक्षमा अनुप तिवारी विजयी

635

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा अनुप तिवारी विजयी भएका छन् ।

अध्यक्षसहित अधिकांश पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका हुन् । प्रेस युनियन, प्रेस संगठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चको गठबन्धनबाट कार्यसमितिका २ जना सदस्य मात्र विजयी भएका छन् ।

अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी, उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्षमा सुस्मा शर्मा र सचिवमा भूषण यादव विजयी भएका छन् । यस्तै, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीतर्फ जितेन्द्र साह, कोषाध्यक्षमा सञ्जिवकुमार मिश्र विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा मधेसीतर्फ तिवारी यादव, महिला सदस्यमा कविता खड्का, आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी, अन्य समावेशी सदस्यमा नेहाल खान र अमित अग्रवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

खुला सदस्यहरुमा अजय चौरसिया, नरेश सर्राफ, धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना सफल खतिवडा र श्याम कुशवाह विजयी भएका छन् । अमित, अजय र नरेश गरी तीन जना मात्रै प्रेस युनियन गठबन्धनबाट विजयी भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...