प्रचण्ड जनआन्दोलन दिवस मनाउन रुकुममा

363

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ मंगलबार रुकुम पश्चिम गएका छन् ।

जनआन्दोलन दिवस (चैत्र २४) को कार्यक्रममा सहभागी हुन उनी रुकुम पश्चिम गएका हुन् ।

प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बनेधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधिसमेत हुन् ।

माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिमा जनसभाको आयोजना गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...