काठमाडाैं । नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताएका छन् ।
बृहत् नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा नेता रिजालले वर्तामान प्रधानमन्त्री ओलीमाथि आफूहरुले सुरुदेखि नै विश्वास नगरेको बताए । त्यसैले भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने प्रष्ट पारे ।
तर वर्तामान प्रधानमन्त्री ओलकिो चाहना गठबन्धनको सरकार बनाउनेभन्दा पनि संसदको ठूलो दलको हैसियतमा ७६(३) को सरकार बनाएर चुनावमा जाने भएको बताए ।