थप १२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १,२१७ पुग्यो

443

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा देशभरबाट १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका १ सय २० जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । यीमध्ये १ हजार २ सय १७ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ८५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ३ हजार २० जनाले ज्यान गुमाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...