सार्वजनिक स्थानमा प्रधानमन्त्रीको फोटो मोबाइलबाट खिच्न नपाइने

592

काठमाडौं । प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइलबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम सुरु हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...