भोक र निद्राको ख्याल नगरी संघर्षमा हिँडेका छौँ : नेपाल

629

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू भोक–निद्राको ख्याल नगरी संघर्षमा हिँडेको बताएका छन् ।

शनिबार आफ्नो समूह निकट युवाको भेलालाई सम्बोधन गर्दै उनले त्याग र बलिदानबाट मात्रै राजनीतिक लक्ष्य पूरा गर्न सकिने धारणा व्यक्त गरे ।

“तपाईँहरुको जोशभन्दा हाम्रो जोश पनि कम छैन”, नेपालले भने, “हामीलाई भोकको चिन्ता छैन, निद्राको चिन्ता छैन, ज्यानको परवाह छैन ।”

उनले बिहान घरबाटै खाना बोकेर हिँडेको भएपनि व्यस्तताले अहिलेसम्म खान नभ्याएको सुनाए । तर, एकदिन भोकै बस्दैमा केही फरक नपर्ने उनको भनाइ थियो ।

“आन्दोलनका क्रममा कैयौँ दिन भोकै हिँडिएको छ । आज एकनिद भोकै भएर केही बिग्रिँदैन । एक किलो वजन घट्ला । त्यसले राम्रै हुन्छ” नेपालले भने ।

Share This:
सम्बन्धित खबर
Loading...