काठमाडौं । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि रु १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले आज बिहान नर्भिक अस्पतालमा पुगेर सो निर्णयको जानकारी परिवारलाई गराएका हुन् । जोशीलाई भेन्टिलेटरमा राखिएको छ र उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।
गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राविज झालगायतका चिकित्सक टोलीले उपचार जारी राखेको छ ।