कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

289

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत्र ५ गतेदेखि लागु हुनेगरी माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले १० सांसदको उपस्थितिमा बसेको दलको बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

“हामीले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छौँ ।” पत्रकार सम्मेलनमा कँडेलले भने, “आगामी चैत्र ५ गतेदेखि त्यो लागु हुनेछ ।”

आजको संसदीय दलको बैठकमा अनुपस्थित ९ जनालाई लिखित स्पक्ष्टीकरण सोधिने भएको छ ।

नेकपा एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेको कँडेलले बताए ।

सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दल रावल छन् ।

Share This:
सम्बन्धित खबर
Loading...