प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो, अर्को बैठक ६ गते

239

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक चैत्र ५ गते दिउँसो १ बजे तोकेका छन् ।

आजको बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । यादवको निधनप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

सभामुख सापकोटाले बैठकको अध्यक्षतामा मनोनय गरिएका नाम पढेर सुनाएका थिए । उनका अनुसार सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधा ज्ञावली, रेखा शर्मा, रेनुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।

मृत्यु भएकी सांसद ज्ञानकुमारी छन्त्यालको स्थानमा सुवर्णजुहार चन्द र सूर्यबहादुर केसीको ठाउँमा मोहन प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...