काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापन कार्यक्रममा नजाने निर्णय गरेको छ ।
धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय लिएको हो ।
यस्तै, आफ्नो नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओलीले भोली प्रधानमन्त्री निवास बालुवाटारमा चियापान राखेको छ ।
खनाल नेपाल समूहले चैत्र ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ ।