कट्टेलले पाए नेकपाको आधिकारिकता, ओली-प्रचण्डको नेकपा खारेज [पूर्णपाठसहित]

195

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारकिता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्ठमा नेकपा थपेको थियो ।

सर्वोच्च अदालतको फैसला
Share This:
सम्बन्धित खबर
Loading...