मेलबर्न । जापानकी नाओमी ओसाकाले महिला एकलतर्फ अष्ट्रेलिय ओपनको उपाधि जितेकी छन् ।
तेस्रो वरियताकी ओसाकाले अमेरिकी जेनिफर ब्राडीलाई साेझो सेटमा हराउँदै उपाधि चुमेकी हुन् ।
शनिबार रोड लेवर एरिनामा भएको फाइनल खेलमा ओसाका ब्राडीमाथि हावी भइन् । उनले ६–४ र ६–३ को सेटमा ब्राडीलाई हराइन् ।
२३ वर्षीय ओसाकाको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो । उनले गत वर्ष पनि उपाधि जितेकी थिइन् ।
जितपछि छोटो प्रतिकृया दिँदै ओसाकाले भनिन्, “प्रशंसकहरु पाएकोमा यो अचम्म लाग्छ, मैलै प्रशंसकबिना अन्तिम ग्रण्ड स्लैम खेले, यसको उर्जाको अर्थ धेरै हुन्छ ।” उनले भनिन्, “मलाई लाग्छ कि ग्राण्ड स्लैम खेल्नु एउटा सुअवसर हो ।”