दानिल मेदवेदेव अष्ट्रेलियन ओपन फाइनलमा, उपाधिका लागि जोकोभिचसँग भिड्ने

248

मेलबर्न । रसियन दानिल मेदवेदेव अष्ट्रेलियन ओपन २०२१ को फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा स्टेफानोस त्सिटिपासलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

रोड लेवर एरिनामा भएको खेलमा चौथो वरियताका मेदवेदेवले पाँचौँ स्थानका ग्रिसका स्टेफानोस त्सिटिपासलाई ६-४, ६-२ र ७-५ को सेटमा पराजित गरेको हो ।

फाइनलमा मेदवेदेवले आइतबार उपाधिका लागि सर्वियन नोवाक जोकोभिचसँग भिड्ने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...