एजेन्सी । संसार विचित्रको छ । यहाँ बाँच्नका लागि मानिसले केही सर्त त मान्नै पर्छ । कतिपय कानुनी हुन्छन् त कतिपय प्राकृतिक नियमहरु हुन्छन् । ती नियमहरुको पालना गरेर नै मानिसहरु समाजमा बस्न सक्दछन् । नेपालमा बसोबास गर्न कानुनीरुपमा हरेक नागरिकले नागरिकता लिनु पर्दछ । अन्य मुलुकबाट आउँदा पासपोर्टमा भिसा लगाएर आउनुपर्दछ ।
एउटा यस्तो स्थान जहाँका मानिसहरु लामो समय बस्नका लागि आफ्नो एपेन्डिक्सकाे अप्रेसन गरेर हटाउनु जरुरी छ । अन्टार्कटिका महादेश हिउँले भरिएको महादेश हो । यहाँका मानिस केही महिनाका लागि मात्र यहाँ रहन्छन् । तर यस्तो हिउँले भरिएको स्थानमा पनि केही बस्तीहरुमा मानिसहरु बस्दछन् । यस्तै एक बस्ती हो, भिलास लस एक्ट्रेलास । यो अन्टार्कटिकाको यस्तो क्षेत्र हो जहाँ या त रिसर्चका लागि वैज्ञानिकहरु बस्दछन् या त चिलीका वायुसेना र स्थल सेनाका जवान बस्दछन् ।
धेरै त यहाँ सैनिकहरु आउने जाने गर्दछन् तर धेरै वैज्ञानिक र सेना यहाँ लामो समयसम्म रहन्छन् । उनीहरुले आफ्ना परिवार पनि लिएर आएका छन् । यहाँ करिब सय जनाको बस्ती रहेको छ ।
यहाँ कुनै ठूलो गाउँ वा सानो सहर जति पनि सुविधा छैन । तैपति आवश्यकताका आधारमा डिपार्टमेन्ट स्टोर, बैंक, स्कुल, सानो हुलाक र अस्पताल बनाइएको छ । स्कुलमा बच्चाहरु तालिम लिन्छन् भने अस्पतालको उपचार सामान्य रहेको छ । अन्टार्कटिकामा एउटा ठूलो अस्पताल छ तर यो बस्तीभन्दा एक हजार किलोमिटर टाढा छ । बाटोभरि हिउँका पाहाड भएर जानु पर्ने हुन्छ । उक्त अस्पताल पनि सुविधासम्पन्न छैन । यसकारण कुनै पनि आकस्मिक समस्याबाट बच्न सो बस्तीका मानिसहरु एपेन्डिक्सकाे अप्रेशन गराएर जाने गर्दछन् ।
हिउँदमा यहाँको तापक्रम माइनस ४७ डिग्रीसम्म पुग्दछ । यस्तो अवस्थामा कुनै कुनै दिन त घरमै कैदी जस्तो बस्नु पर्दछ । यहाँ परिवारसँग बस्नेहरु खासगरि सैनिकहरुलाई उनका श्रीमतीहरु गर्भवती नहुन सल्लाह दिन्छन् । किनकी, औषधोपचारको अभावमा कुनै पनि खतरा नहोस् भन्नका लागि ।