नेपाल भाषाको नयाँ गीत ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

301

काठमाडौं । नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवजमा सजिएको नयाँ गीत ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।

छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्वजनिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाई फिचर्ड गरिएको छ ।

पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रसिद्ध मोडल तथा नायिका रन्जना सितिखु अभिनित भिडियोमा मञ्जिल शाक्य , सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि शाक्यको समेत अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...