थप ९९ जना संक्रमित : २४८ कोरोनामुक्त, सक्रिय संक्रमितको संख्या दुई हजारभन्दा कम

कोरोना अपडेट

147

काठमाडौं । कोरोना संक्रमितको संख्या एक सयभन्दा कममा झरेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर २ हजार ७ सय ९४ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ५७ पुरुष र ४२ महिला गरी ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ९९ जनासहित कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ । यीमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा २ सय ४८ जनाले कोरोनामुक्त भइ सामान्य अवस्थामा फर्किएका छन् । योसँगै २ लाख ६७ हजार ८ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...