छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ

130

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट सोमबार दिउँसो स्थानीय २७ वर्षीय राज कुमार तामाङ, डाइजेल्याब ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेका हुन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ बाट सोमबार साँझ लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ वर्षीय रविन राई, २६ वर्षीय प्रभात राई र १९ वर्षीय सन्देश राउतलाई डाइजेल्याब १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुलसहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...