उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, बाँकी क्षेत्रको मौसम सामान्य

168

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । अहिले देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...