उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

130

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।

हाल प्रदेश नम्बर १ को पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका पहाडी भूभागका केही स्थानहरु र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ। प्रदेश नम्बर १ का पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ।

प्रदेश नम्बर १ का पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
नम्बर १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...