कोरोना अपडेट : थप ३४८ जनामा संक्रमण, ४ को मृत्यु

125

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ९ सय ५६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय १९ पुरुष र १ सय २९ महिला गरी ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ३ सय ४८ जनासहित कूल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । यीमध्ये ३ हजार ७ सय ६४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ सय ४१ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६२ हजार २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । थपिएका ४ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको छ ।

अहिलेसम्म देशभर २० लाख २१ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...