प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशमा आंशिक बदली

124

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र त्यस आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।

हाल प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ । हाल तराईका भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नम्बर १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...