प्रतिनिधिसभा विघटन : आजदेखि निरन्तर संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

203

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्च अदालतले बृहत् पूर्पा इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदनमाथि अस्वीकृत गरेपछि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

रिट निवेदनमाथि पक्ष र विपक्षमा बहस सकिएपछि शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश जारी भएको थियो ।

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम बृहत् पूर्ण इजलासमा लैजानुपर्ने नदेखिएको संवैधानिक इजलासको उत्प्रषेण परमादेशमा उल्लेख छ ।

संविधानको धारा १३७ बमोजिम गम्भीर संवैधानिक व्याख्या गर्ने अधिकार संवैधानिक इजलासलाई दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्याधिशीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...