साविक विजेता रियल मड्रिडलाई पराजित गर्दै विल्बाओ सुपर कपको फाइनलमा

121

एजेन्सी । साविकको विजेता रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाट बाहिरीएको छ । गएराति भएको खेलमा एथ्लेटिको विल्बाओले २–१ गोल अन्तरले हराएको थियो । फाइनलमा विल्बाओले बार्सिलोनासँग उपाधिका लागि भिड्ने भएको छ ।

विल्बाओबो जितमा राहुल गार्सियाले दुई गोल गरे भने पराजित मड्रिडका करिम बेञ्जमाले सान्त्वना गोल फर्काए ।

राहुलले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ३८औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

रियलले खेलको ७३औँ मिनेटमा फर्वाड करिम बेञ्जमाको गोलबाट खेलमा फर्किने कोशिश गरेपनि त्यो पर्याप्त भएन ।

बार्सिलोनाले बुधबार राति रियल सोसिडाडलाई सडन डेथमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल आइतबार सेभिल्लामा हुनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...