‘उभौली मेला’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

365

काठमाडौं । गीतमा जानुका राई र निश्चल राईको स्वार रहेको ‘उभौली मेला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति लगायतका पक्ष समेटिएको छ ।

म्युजिक भिडियोमा उमेश राई (फुलन्देकी आमा), योगेन्द्र राई र शेशुका राईको अभिनय रहेको छ । उक्त गीतलाई म्युजिक एरेन्ज देवेश राईले गरेका छन्, भने लय तथा शब्द निश्चल राईको रहेको छ ।

विज्ञान राईको निर्देशन रहेको उक्त भिडियोमा सपन तामाङ र सागर किराँतीले कोरियोग्राफ गरेका छन् । भिडियोलाई ‘जानुका राई अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...