ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

128

झापा । झापाको कन्काई नगरपालिका-५ मा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो ३ बजेको समयमा बा२ख ९२८४ नम्बरको ट्रिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...