शनिबार काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस

273

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । आज बिहान ६ बजे काठमाडौंको वायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

आजको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी शनिबार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...