‘आँखैमा गाजल’ बोलको गीत सार्वजनिक (भिडियो)

222

काठमाडौं । गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको युगल स्वरमा समावेश “आँखैमा गाजल” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको गीतमा शब्द र संगीत स्वयं गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ । उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायक नाजिर हुसेन र सम्पदा बानियाबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । स्टुडेण्ट भाइब्स अष्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयं गायक क्षेत्रीको अफिसिएल युट्युव च्यानल ‘केदार बरुवाल क्षेत्री अफिसिएल’ मार्फत सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...