जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

163

सुनसरी । जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादव रहेका छन् ।

सोमबार विहान साढे ५ बजे आफ्नै गहुँबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...