छुट्टाछुट्टै सवारी दुर्घटना २ जनाको मृत्यु

178

विराटनगर । उदयपुर र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

आइतवार दिउँसो साँढे २ बजेको समयमा उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स६प ९१०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा ९१०१ नम्बरको मोटरसाइकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भइ उदयपुरको गाईघाटमा बस्ने २० वर्षीय भविन्द्र परियार घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाइएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका-४ इकराहीमा खेत जोतिरहेको अन टेष्ट ट्याक्टर अचानक दुर्घटना भइ पल्टिदा घाइते भएका चालक बर्जु गाउँपालिका-६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...