दाङमा गुडिरहेको बसमा आगलागी : यात्रु सकुशल

327

तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए ।

सोमबार बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...