पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

250

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा तीन जना बालिकाको मृत्यु भएको छ । सुदापको च्यात्लुङमा प्रगति कृषि समूहले सिंचाइका लागि निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय इन्द्र बहादुर लिम्बूका दुई छोरीहरु ७ वर्षीया रन्जना लिम्बू र ५ वर्षीया रोजनी लिम्बू तथा देवेन्द्र लिम्बूका ८ वर्षीया छोरी सुहाना लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

शनिबार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान भइरहेको तथा शव परिक्षणको लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...