प्युठान । प्युठानमा एक पुरुषको मृत्यु भएपछि परिवारकाे बिचल्ली भएकाे छ । मृत्यु हुनेमा झिमरुक गाउँपालिका वडा नम्बर-२ बादिकोट निवासी ५५ वर्षीय छबिलाल बिकको प्यारालाइसिस कारण मृत्यु भएको वडा अध्यक्ष बलबहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
छबिलाल बिकको मृत्यु भएसँगै परिवार बिचल्ली परेका छन् । बिकको श्रीमती र ४ सन्तान छ्न् । सन्तानमध्ये २ जनाकाे विवाह भइसकेकाे र बाँकी २ जना छाेराछाेरी सानै उमेरका रहेका छन् । कमाउने व्यक्तिकाे मृत्यु भएपछि परिवारकाे बिचल्ली भएकाे वडाध्यक्ष क्षेत्रीले बताए ।
परिवारमा एक मात्र कमाउने छबिलालको मृत्यु भएपछि अहिले परिवारको बिचल्लीमा परेको सनराइज युवा क्लबका अध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले बताए । उनका अनुसार समाजसेवी युवाहरुको सक्रियतामा आर्थिक रकम संकलन भइरहेको बताए ।
देशविदेशबाट रकम संकलन भैरहेको छ । सबैको सहयोगमा उनको घर निर्माण हुने भएको छ ।