प्रदेश एकमा थप १७५ जनामा काेराेना संक्रमण पुष्टि

155

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नम्बर १ मा ६० महिलासहित १ सय ७५ कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये सुनसरीका ६१, मोरङका ५५, झापाका ३४, ताप्लेजुङका पाँच, धनकुटा र सङ्खुवासभाका दुई/दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक/ एक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २८ हजार ६ सय ७७ पुगेको छ भने बिहीबार ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४ सय ५२ जना निको भएर घर फर्किसकेका छन् । सोही अवधिमा ९ सय ३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १ सय ५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...