गण्डकीमा कोरोनाबाट चारको मृत्यु : थपिए १०३ जना संक्रमित

157

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १ सय ३ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ का ६५ वर्षीय पुरुष, वडा नम्बर १० का ८१ वर्षीय पुरुष र वडा नम्बर १३ का ५१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता ड विनोदविन्दु शर्माले जानकारी दिए ।

निर्देशनालयका अनुसार प्रदेशमा बिहीबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कूल संक्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय संक्रमित पाँच हजार ३ सय ३८ पुगेका छन् । हालसम्म सात हजार ५ सय ६१ कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...