संघीयता र गणतन्त्र सबै जातजातिको साझा स् मुख्यमन्त्री राई

230

गाईघाट । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताएका छन् ।

मंगलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उनले भने, “अहिलेको संघीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न ।”

उनले संघीयता सबै नेपालीको भएको कारण सबै जातजाति मिलेर तेरो, मेरो नभनी अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताए । संघीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उनको भनाइ थियो । रासस

Share This:
सम्बन्धित खबर
Loading...