तीन वर्षीय बालक ओढारमा मृत फेला

143

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आइन्द्र हाङसरुम्बाको ३ वर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् ।

आफ्नै घर वरिपरि खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराइरहेका बालकको खोजतलास भइरहेकोमा आइतबार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गइ कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...