प्रदेश एकमा थप १२३ जनामा संक्रमण : ५ हजार २० संक्रिय संक्रमित

155

विराटनगर । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर १ मा ४६ जना महिलासहित १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङका ४६ मध्ये विराटनगरका ३४, झापाका ३७, सुनसरीका १५, इलामका ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा होम आइसोलेसनबाट २ सय २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २ सय ५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १ सय ५० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या २८ हजार १ सय ७० पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ । सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...