पछिल्लो २४ घन्टामा थप १,०२४ जनामा कोरोना पुष्टि : संक्रमणबाट १० को मृत्यु

184

काठमाडौं । पछिल्लो २४ घन्टामा छ हजार ७४ नमूना परीक्षण गर्दा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ६ सय २२ पुरुष र ४ सय २ महिला छन् । आजसम्म कूल संक्रमित दुई लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् । यससहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय ७७ पुगेको छ ।

हाल देशभर १४ हजार २ सय ५५ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३ सय १२ जना आइसीयू र नौ हजार २ सय ६३ जना घरमै एकान्तवासमा छन् ।

काठमाडौं उपत्यकामा ४ सय ६० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३ सय ४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५र१५, सिन्धुली र बाग्लुङका १४र१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११र११, तनहुँ र बर्दियाका नौरनौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नवलपरासी र पाल्पाका पाँचरपाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चाररचार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीनरतीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुईरदुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एकरएक जनामा संक्रमण देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...