सीमा नाका खोल्न माग गर्दै धर्ना

141

इनरुवा । कोरोना भाइरस संक्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले शनिबार सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

कोभिड–१९ का कारण संक्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्ने उद्देश्यले सीमा सिल गरिएको आरोप उक्त समूहको छ ।

सम्वाद समूहका केन्द्रीय संयोजक राजीव झाले गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रुपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको बताए । नेपालको २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...