प्रदेश एकमा थप ९२ जनामा संक्रमण : १६८ जना कोरोना जितेर घर फर्किए

144

विराटनगर । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर १ मा ३२ महिलासहित ९२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा झापाका ४४, सुनसरीका २८, विराटनगरका दुईसहित मोरङका ८, इलामका पाँच, सोलुखुम्बुका चार, ताप्लेजुङका एक र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ सय ६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार ८ सय ९९ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा शनिबार ४ सय ९२ जनासहित अहिलेसम्ममा कूल एक लाख ९५ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...