लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

213

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका-६ का २५ वर्षीय आशिष थापालाई पक्राउ गरेको हो ।

यसैगरी, अर्जुनधारा नगरपालिका-९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका(२ का २२ वर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...