पछिल्लो २४ घन्टामा प्रदेश एकमा २८७ जना कोरोना संक्रमित थपिए

140

विराटनगर । प्रदेश नम्बर एकमा पछिल्लो २४ घन्टाको अवधिमा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको एक हजार ४ सय ११ जनाको पिसिआर परीक्षणमा १ सय ३० महिला र १ सय ५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङका १ सय २२ मध्ये विराटनगरमा ६१, झापाका ६१, सुनसरीका ४८, सङ्खुवासभाका १५, इलामका चार, पाँचथर र उदयपुरका तीन÷तीन, भोजपुरका दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक÷एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा संक्रमितको सङ्ख्या २७ हजार ८ सय २० पुगेको छ ।

दश जनालाई निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...