भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

304

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार यही मंसिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभइ मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेका ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...