ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

233

सुनसरी । ट्याक्टरको ठक्करबाट बुधबार एक बालिकाको मृत्यु भएकाे छ  । मृत्यु हुनेमा सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका-८ का १० वर्षीया रेहना खातुन रहेकी छन् ।

बुधबार बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को२त २०२३ नम्बरको ट्याक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी-२ का ३५ वर्षीय अनिल उराउ नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...