प्रदेश एकमा थप १७९ जनामा संक्रमण पुष्टि : ९२ कोरोना मुक्त

109

विराटनगर । प्रदेश नम्बर एकमा पछिल्लो २४ घन्टामा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेशमा ८ सय ३५ जनाको पिसिआर परीक्षण गरिएकामा ५५ महिलासहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई/दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक/एक तथा प्रदेश बाहिरका नौ जना रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ पुगेको छ । प्रदेशमा मंगलबार ९२ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३ सय ७७ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...