सुनको मूल्यमा वृद्धि : कति पुग्यो हेर्नुस्

147

काठमाडौं । केहि दिनयता निरन्तर ओरालो लागेको सुनको मून्य आज एक्कासी बढेको छ । स्थानीय बजारमा मंगलबार पहेँलो धातुको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भएको हो । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५ सयले वृद्धि भइ रु ९० हजार ५ सय पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५ सय ५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला रु ५ सयले वृद्धि भएको हो ।

यस्तै चाँदी प्रतितोला रु एक हजार १ सय ५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १ सय २० मा कारोवार भएको चाँदी मंगलबार भने तोलामा रु ३५ ले वृद्धि भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...