दिनहुँ ओरालो लाग्दै सुनको मूल्य : आज कति पुग्यो हेर्नुस्

140

काठमाडौं । स्थानीय बजारमा सोमबार पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७ सयले ओरालो लागेको छ ।

यही मंसिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५ सय ५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २ सयमा कारोवार भएको थियो । आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६ सय ५० ले घटेको हो ।

यस्तै चाँदीसमेत सोमबार प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १ सय ५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...