हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

427

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको सोमबार अपराह्न उद्धार गरिएको हो ।

श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौंबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...