प्रदेश एकमा थय १८० जना संक्रमित : ८४ निको भएर फर्किए

248

विराटनगर । प्रदेश नम्बर एकमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेशमा ७ सय ७३ जनाको पिसिआर परीक्षण गरिएकामा ६८ महिलासहित १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा सुनसरीका ५३, मोरङका ३६ मध्ये विराटनगरका १६, झापाका ४९, इलामका १७, पाँचथरका छ, धनकुटाका चार, उदयपुरका दुई र ताप्लेजुङ, तेह्रथुम र भोजपुरका एक÷एक र प्रदेश बाहिरका १० जना रहेका छन् ।

प्रदेशमा संक्रमितको सङ्ख्या २६ हजार ८ सय ५९ पुगेको छ । प्रदेशमा संक्रमितको सङ्ख्या अहिलेसम्म २६ हजार ८ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ८९ हजार ५ सय २ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ । पछिल्लो २४ घन्टामा उपचारपछि निको हुनेको सङ्ख्या ८४ पुगेको छ । यससँगै प्रदेशमा हालसम्म उपचारपछि निको हुनेको सङ्ख्या २१ हजार ७ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...