प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

118

मोरङ । प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...